दार्चुला । श्रीबगड–तपोवन तटबन्ध निर्माणमा गुणस्तरहीन सामग्रीको प्रयोग भइरहेको भन्दै श्रीबगडका स्थानीय जिल्ला प्रशासन कार्यालयमा धर्ना दिन भनि आए । जिल्ला प्रशासनको गेटमा पुग्दै गर्दा नेपाल प्रहरीले उनीहरुलाई भित्र प्रबेश गर्न दिएन ।
पछि प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले स्थानियहरुलाई आफ्नो कार्यकक्षमा बोलाए । वोलाएपछि प्रजिअ उपाध्यायले त्यस क्षेत्रमा तटबन्ध निर्माण गर्ने रोजेन्द्र निर्माण सेवालाई फोन सम्पर्क गरी स्थानियहरुको गुनासो सुनाए ।
जबाफमा ठेकेदार कम्पनिले ४ भित्र स्थलगत रुपमा आएर काम गर्ने भनेपछि जिल्ला प्रशासन कार्यालयमा धर्ना दिन भनी आएका स्थानीयहरु फर्किएका छन ।
निर्माण भइरहेको उक्त तटबन्धमा गुणस्तरीय सामग्री प्रयोग नभएको तथा उत्खनन गरिएका गिटी, बालुवा अन्यत्र बिक्री हुने गरेको भन्दै स्थानीयले सम्बन्धित निकायले स्थलगत अनुगमन हुनु पर्ने बताएका छन ।
महाकाली नदी नियन्त्रण आयोजनाले आर्थिक वर्ष २०७६÷०७७ मा महाकाली नदीमा तटबन्ध बनाउन राजेन्द्र निर्माण सेवालाई ठेक्का दिएको थियो ।
ठेकेदारले राजनीतिक शक्तिको आडमा काममा ढिलासुस्ती गरिरहेको स्थानीयको आरोप छ । उनीहरुले यो कार्यको निष्पक्ष छानबिन हुनुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालयमा बिहीवार निवेदन समेत दिएका थिए ।
प्रशासनलाई बुझाइएको निवेदनमा महाकाली नदी नियन्त्रण आयोजना, महाकाली नगरपालिका र दुहुँ गाउँपालिकालाई बोदार्थ गरिएको थियो ।
साथै उनीहरुले अहिलेसम्म १० प्रतिशत काम पनि नभएको भन्दै यस्तै गतिमा काम भए बर्खामा नदीले फेरी क्षति पु¥याउने बताएका छन् । गतवर्षको बर्खामा नदीले सय रोपनी खेत बगाएको स्थानीय मोहन बमले बताए । यही गतिले काम हुने हो भने बाढीले आउँदो बर्खामा झन बढी क्षति गर्ने उनको भनाइ छ ।
स्थानीयले तटबन्ध कार्यालयका प्राबिधिकहरु पनि ठेकेदारको प्रभावमा परेको, पबित्र धार्मिक तीर्थस्थल गौरीकुन्ड तातोपानीको मूल समेत नासिने गरी काम हुँदा पनि सम्बन्धित निकाय मौन बसेको आरोप लगाएका छन् । स्थानीयहरुले स्थलगत निरीक्षण गरी दोषिमाथि कारवाहीको माग गरेका छन् । ठेकेदार कम्पनिले ४ दिन भित्र साईडमा आई काम गर्ने भनेको छ एक हप्ता सम्म पनि नआए पुन शान्तिपुर्ण आन्दोलन गर्ने स्थनियले बताएका छन ।