दार्चुला । जिल्लाको उत्तरी क्षेत्र व्याँस गाउँपालिका क्षेत्रमा महाकाली नदीमा संचालनमा रहेका तुइन हटाइएका छन् । भारतीय सीमा सुरक्षा बल एसएसबीले महाकाली नदीमाथि लगाइएका तुइन हटाएका हुन् । जिल्ला सदरमुकाम खलंगा आउजाउ गर्न व्याँसका स्थानीयहरुले तुइन प्रयोग गर्ने गर्दछन । नेपालतर्फ राम्रो सडक नहुदाँ उनीहरु भारतीय बाटो प्रयोग गरेर खलंगा आउने जाने गर्छन् । व्याँसको मलघट्टेमा अहिले झोलुंगे पुल निर्माण भएपनि संचालनमा आएको छैन् । जनताको सहजताका लागि उक्त पुल सञ्चालनमा ल्याइनुपर्ने स्थानीयहरुको भनाई छ । व्याँस गाउँपालिकाको वडा नम्बर ४ मलघट्टे र वडा नम्बर ६ को बडुगाउँमा नेपाल भारत जोड्ने झोलुङ्गेपुलको निर्माण कार्य सम्पन्न भएको छ । निर्माण कार्य सकिँदा समेत पुलहरु सञ्चालनमा आएका छैनन् । बडुगाउँमा गत वर्ष पुल निर्माण सम्पन्न भएको थियो भने मलघट्टेमा अघिल्लो महिना मात्रै पुल निर्माण सम्पन्न भएको हो । दार्चुलाको महाकाली नदीमा तुइन मुक्तकार्यक्रम अन्र्तगत चारवटा सीमापुल निर्माण भइरहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । यसैबीच निर्माण सम्पन्न झोलुंगे पुल संचालनमा ल्याउन व्याँसका स्थानीयहरुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन दिएका छन् । भारतीय सीमा सुरक्षा बलले तुइन काटेपछि आफूहरु समस्या परेको भन्दै उनीहरुले यथासिघ्र संचालनमा ल्याउन माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय