बैतडी । नेकपा माओवादी केन्द्रले बैतडीमा पार्टी सुढृडीकरण तथा प्रशिक्षण कार्यक्रमको थालनी गरेको छ । नजिकिदै गरेको स्थानिय तहको निर्वाचनलाई केन्द्रित गर्दै पार्टीले सुढृडीकरण तथा प्रशिक्षण कार्यक्रमको थालनी गरेको हो । सरकारले अगामी बैशाख ३० गते स्थानिय तहको निर्वाचनको मिति घोषणा गरेसंगै बैतडीमा माओवादी केन्द्रले कार्यकर्ता भेटघाट, प्रशिक्षण तथा संगठन विस्तारको कामलाई तिब्रता दिएको जिल्ला समन्वय समिति बैतडीका उपप्रमुख एबंम नेकपा माओवादी केन्द्रका नेता धन बहादुर बोहराले जानकारी दिनुभएको छ ।

 

अगामी स्थानिय तहको निर्वाचनमा कस्ता एजेण्डाहरु लिएर जनता सामु जाने, बढी भन्दा बढी ठाउँमा आफ्नो प्रतिनिधित्व कसरी गर्ने , जन भावना अनुसार कसरी काम गर्न सकिन्छ र कसरी संगठन बलियो बनाउने भन्ने लगायतका बिषयमा कार्यकर्ताहरुसंग छलफल गरिरहेको बोहराले बताउनुभयो ।

 

मगंलवार जिल्लाको पाटन नगरपालिकामा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पाटन नगर कमिटिको आयोजनामा पार्टीका नगर कमिटि अध्यक्ष तर्क ठगुन्नाको अध्यक्षता तथा माओवादी केन्द्रका केन्द्रिय सदस्य नरेन्द्र कुवँर बिजयसुन्दरको प्रमुख आतिथ्यतामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको बिशिष्ट अतिथिहरु प्रदेश कमिटि सदस्य राधिका खड्का, प्रदेश कमिटि सदस्य कपिल ऐरी र जिल्ला समन्वय समिति बैतडीका उपप्रमुख एबंम नेकपा माओवादी केन्द्रका नेता धन बहादुर बोहरा रहनुभएको थियो । कार्यक्रममा सोमवार पाटन नगरपालिका वडा नम्बर ३ मा भएको टिप्पर दुर्घटनामा ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली ब्यक्त गर्दै शोक प्रस्ताव पनी पारित गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय