दार्चुला । जिल्लाको दुहुँ गाउँपालिका वडा नम्वर १ तल्लो वासपालिमा नेपाली काङ्ग्रेसको टोल समिति गठन गरिएको छ । बुधबार आनसिह महर सभापति रहने गरि २१ समिति टोल समिति गठन गरिएको कांग्रेस दुहुँ वडा नम्वर १ का सभापती विशन सिह बोहराले जानकारी दिए ।
जानकी महर उपसभापति, लोकेन्द्र सिह महर सचिव, कलावती भट्ट कोषाध्यक्ष गरी २१ जनाको टोल समिति गठन गरिएको हो ।
टोल समिति गठन कार्यक्रममा नेकपा एमाले परित्याग गरि ३ जनाले नेपाली कांग्रेस प्रबेश गरेका छन । कांग्रेस प्रबेश गर्नेहरुमा दिपा महर, लक्ष्मण सिह महर र सुना देबी महर रहेको सभापति बोहराले जानकारी दिए ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to siddatopikhabar
Made with ❤️ By Gorkhaly Labs