दार्चुला । तिंकर सडकको पहुँच भन्दा टाढा रहेको व्याँस गाउँपालिका–३ सिनामा गाडी पुगेको छ । गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको उक्त सडकमा बुधबार दार्चुला सदरमुकाम खलंगादेखि सिना तारकलासम्म गाडी गुडाएर उद्घाटन गरिएको छ । सिना गाउँ हुदै पवित्र धार्मिक तीर्थस्थल एवं पर्यटकीय क्षेत्र तातोपानी जोड्ने सडकको २ किलोमिटर ट्रयाक खुलेसँगै पहिलोपटक सिना गाउँमा गाडी पुगेको हो ।
चुनावको बेला स्थानीय जनतासँग सडक पुगाउछु भन्ने बाँचा गरे अनुसार अहिले गाउँसम्मै सडक पुगेको गाउँपालिका अध्यक्ष दिलिप सिंह बुढाथोकीले जानकारी दिए । अब निरन्तर रुपमा सिनासम्म ट्याक्टर तथा गाडी संचालन गर्न सडकको स्तरोन्नती गरिने र सडकका कारण जोखिममा रहेका घरहरूनजिक ग्याबिन जालीसहित पर्खाल निर्माण गरिने अध्यक्ष बुढाथोकीले बताए । साथै उहाले विद्युतिकरण हुन बाँकी रहेको सिना गाउँमा यसै आर्थिक वर्षभित्र बिजुली बाल्ने प्रतिवद्धता जनाए । पहिलो पटक गाउँमा सडक पुग्दा स्थानीय हर्षित भएका छन् । गाउँमा सडक पुगाएको भन्दै स्थानीयहरुले जनप्रतिनिधि, सडक निर्माणको ठेक्का पाएका ठेकेदार नरबहादुर बम र गाडी चालक जनक बमलाई फूलमालाले स्वागत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय