खलंगामा रहेको सीमापुल प्रत्येक दिन विहान ७ बजे खुल्ने र बेलुका ५ बजे बन्द हुन्छ । तर फागुन ७ गते साझँ साढे सात बजे बिहेका लागि सीमापुल खोलिएको थियो । विहेका लागि खोलिएको सीमापुलमा चरेश लगेर भारत प्रवेश गर्न लागेकी बडाललार्ई भारतीय एसएसबीले चेकजाँच गर्दा चरेश फेला परेको थियो ।
नेपाली महिला भारतमा चरेस सहित पक्राउ परेको जानकारी दोस्रो दिन बेलुका भारतीय पक्षले नेपाली सुरक्षा निकायलाई दिएको पुलघाट प्रहरी पोस्टका इन्चार्ज सहायक प्रहरी निरीक्षक भरत बहादुर बोहराले जानकारी दिनुभयो ।
पक्राउ परेकी महिलालाई भारतीय अदालतको आदेशमा डीडीहाट जेलमा राखिएको जानकारी प्राप्त भएको उहाँले बताउनुभयो । कालापानी न्युज 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय