बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकालाई साविककै केन्द्रबाट सेवा सञ्चालन गर्न संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले आग्रह गरेको छ । गाउँपालिकाको केन्द्र हेरफेर गर्नका लागि वडा नं ३ को पङसेरामा राख्न २०७७ को मंसिर २१ मा मन्त्रीपरिषदमा प्रस्ताव पेश गरिएको भएपनि सरकार फेरबदल भएर सो प्रस्ताव फिर्ता भएकाले साविककै ठाउँबाट सेवा दिन आग्रह गरिएको हो ।डिलाशैनी गाउँपालिकाको केन्द्र हेरफेरका बिषयमा कुनै निर्णय नभएकाले डिलाशैनी गाउँपालिकाको वडा नं ७ मै केन्द्र रहेको र सोही ठाउँबाट सेवा सञ्चालन गर्न मन्त्रालयले गाउँपालिकाका नाममा पत्राचार गरेको छ । मन्त्रालयको सचिवस्तरको निर्णय भएकाले सोही अनुसार कार्यान्वयन गराउन पनि पालिकालाई आग्रह गरिएको छ ।

 

डिलाशैनी गाउँपालिकाले अहिले वडा नं ३ को पङसेराबाट सेवा दिँदै आएको छ । सोही ठाउँमा केन्द्र राख्न समेत पालिकाले निर्णय गरेर पठाएको थियो । तर पालिकाको केन्द्रका बिषयमा अहिले सम्म नयाँ निर्णय भईसकेको छैन् ।

 

डिलाशैनी गाउँपालिकाले गरेको निर्णयको विरोधमा त्यहाँ नागरिकले लामो समयदेखि आन्दोलन समेत गर्दै आएका थिए । साविकको केन्द्र तोकिएकै ठाउँबाट सेवा सञ्चालन गर्न मन्त्रालयले पत्राचार गरेकाले सोही अनुसार गाउँपालिकाले निर्णय कार्यान्वयन गर्नुपर्ने अनेरास्ववियुका उपमहासचिव गोविन्द गिरीले बताए । आफूहरुले पुरानै ठाउँबाट केन्द्र सञ्चालन गर्न लामो समयदेखि संघर्ष गरिरहेको र अहिले जनताको पक्षमा निर्णय भएको उनले दाबी गरे ।

 

मन्त्रालयले डिलाशैनीको केन्द्र धामीगाउँबाटै सेवा सञ्चालन गर्न निर्देशन दिएपछि अहिलेका लागि संघर्ष समितिले गरिरहेको न्यायिक आन्दोलन स्थगित गरिएको नेपाली कांग्रेस डिलाशैनी गाउँपालिकाका सभापति जयानन्द जोशीले बताए । मन्त्रालयको निर्णय जनताको पक्षमा भएको र यसले नागरिकको जित भएको उनले दाबी गरे । मन्त्रालयले गरेको निर्णयको बोधार्थ जिल्ला प्रशासन कार्यालय बैतडीलाई समेत पठाइएको छ । यस्तै सुदूरपश्चिम सरकारको मुख्यमन्त्री कार्यालय, गृहमन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई समेत निर्णयको बोधा मन्त्रालयले गरेको निर्णयको स्वागत गर्दै आन्दोलनमा रहेको पक्षले जनताको जित भएको दाबी समेत गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा समेत सो निर्णयको चर्चा हुन थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय