अंकित कुँवर बैतडी ।  विप्लब निकट नेपाल कम्युनिष्ट, बैद्म निकट नेकपा क्रान्तिकारी (माओवादी) राष्ट्रिय जनमोर्चाकाको आयोजनामा एमसिसि सम्झौता विरुद्ध बैतडी जिल्लाको शाहिलेक बजारमा बिरोध कोण सभा कार्यक्रम सम्पन्न गरेको छ । बिप्लप निकट अखिल क्रान्तिका्ररीका केन्द्रिय सदस्य सुरेन्द्र धानुकले बिरोध कोण सभामा बोल्दैे अखिल–क्रान्तिकारी) ले केवल शैक्षिक मुद्दामा मात्रै सङ्घर्ष नभए राष्ट्रियताको सवालमा पनि निरन्तर सङघर्ष गर्दै हरेक राष्ट्रिय मुक्तिगामी आन्दोलन र महान जनयुद्ध एकीकृत जनक्रान्ती सम्म जेल नेल र बलिदान को गौरबपुर्ण इतिहास रच्दै आएको कुरा बताउनुभयो । साथै एमसिसि सम्झौता राष्ट्र र जनताको हितमा छैन त्यसैले यसलाई जुनसुकै हालतमा पारित गर्न दिनु हुदैन यस्को पुर्णरुपमा बहिष्कार गर्दै सम्पुर्ण विद्यार्थीहरु लाई सडक सङ्घर्षको मोर्चामा ;हभागी हुन समेत आव्हान गर्नु भयो । राष्ट्रघाती एमसिसि सम्झौता विरुद्धमा आन्दोलन सङ्घर्ष गर्दै गर्दा अखिल क्रान्तिकारीलाई राज्यले दमन गर्न खोजे विद्यार्थीहरुको कलम नै हतियार बन्ने चेतावनी समेत दिनुभयो । क्रान्तिकारी माओवादीका नेता दिनेशले एमसिसि परियोजना पारित गर्न चाहनेह र सम्राज्यवादी राष्ट्रका दलाल एजेन्ट हुन् उहाले भन्नुभयो । राष्ट्रिय जनमोर्चाका नेता बिरेन्द्र भण्डारीले एमसिसि सम्झौता देश र जनताको हितमामा छैन त्यसैले केही दलालहरुको लागि कमाइ खान आफै अनुकुल भएकोले संसद बाट जबरजस्ती पास गर्न खोजिरहेको उहाको भनाई छ । यस्तै नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिव राम सिंह कुवँरले गत बिगतमा भएका राष्ट्रघाती सम्झौता भन्दा पनि भयानक राष्ट्रघाती र जनघाती सम्झौता भएकोले यो एमसिसि सम्झौता विरुद्धमा समग्र बैतडीबासी जनसमुदाय, ब्द्धिजिबि समाजसेबि, देशभक्त ंयुवा, विद्यार्थी, महिला, पीडित, उत्पीडितबर्गले संङ्घर्षको आन्दोलनमा सहभागी हुन समेत अपिल गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय