दार्चुला :   मतदाता परिचय पत्र हराएको वा नष्ट भएको भए निवेदन दिन जिल्ला निर्वाचन कार्यालय दार्चुलाले सूचित गरेको छ । पहिला नै मतदाता परिचय पत्र बनाएर हराएका मतदाताले यहि फागुन २० गतेसम्म जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन कार्यालयले सूचित गरेको हो । आफ्नो स्थायी बसोबास रहेको वडाको सिफारिस लिइ जिल्ला निर्वाचन कार्यालयमा फागुन २० गतेसम्म निवेदन दिन सकिने जिल्ला निर्वाचन अधिकारी प्रदीप धामीले जानकारी दिए ।

कार्यालयले मतदाता नामावली अध्यावधिक (दाबी विरोध समेत) कार्यक्रम २०७८ सार्र्वजनिक गरेको छ । जस अन्तर्गत फागुन १९ गते सूचना तथा मतदाता नामावली प्रकाशन गरिने जनाएको छ । यस्तै फागुन २० देखि २२ गतेसम्म मतदाता नामावलीमा रहेको त्रुटी सच्याउन नागरिकताको प्रमाणपत्रको प्रतिलिपिसहित सम्बन्धित प्रमुख नाम दर्ता अधिकारीको कार्यालयमा निवेदन दिने, मतदाता नामावलीमा कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, नामावलीमा कुनै मतदाताको नाम एक भन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिन सकिने छ ।

फागुन २० देखि २३ गतेसम्म मृत्यु भएका वा नागरिकता त्यागेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि सूचना दिने र फागुन २० देखि २४ गतेसम्म उजुरी परेको मतदातालाई प्रमाणसहित सफाईको मौका दिइने निर्वाचन कार्यालयले जनाएको छ । dfm

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय