दार्चुला । राष्ट्रपति महिला उत्थान जिविकोपार्जन सुधार कार्यक्रम सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रमको औपचारीक उद्धघाटन गरिएको छ । दुहुँ गाउँपालिको आर्थिक सहयोग तथा भुमिराज कृषि सहकारी संस्थाको आयोजनामा शनिवार धारीपाटा माध्यामिक विद्यालयमा धारीमा उद्धघाटन गरिएको हो । भुमिराज कृषि सहकारी संस्थाका अध्यक्ष प्रेमवल्लभ जोशीको अध्यक्षतामा उद्धघाटन गरिएको कार्यक्रका प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष ईश्वरी जोशी रहनु भएको थियो भने बिशिष्ट अतिथि गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र सिह बडाल रहनु भएको थियो । दुहुँ गाउँपालिका भित्रका ५ वटै वडाका ५÷५ जना महिला गरी २५ जना महिलाहरुले फाराम भरेका थिए । जस मध्ये २२ जना महिलाहरुले बाख्रा पालन सम्वन्धि फाराम भरेका छनौट भएका छन भने ३ जना महिलाहरुले गाई पालनको फाराम भरेका छनोटमा परेका थिए । भुमिराज कृषि सहकारी संस्थाले छनौटमा परेका महिलाहरुलाई अनुदान स्वरुप खातामा २६ हजार रुपैया नगद सहयोग गर्ने जनाएको छ । छनोटमा परेका महिलाहरुलाई स्थलगत रुपमा भेटेरिनरी प्राविधिक लोकेन्द्र बहादुर बमले प्रशिक्षण सहकारीका अध्यक्ष जोशीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय