अंकित कुँवर बैतडी । बैतडीको सुर्नया गाउँपालिका ७ को भुवनेश्वर माध्यमिक विद्यालयका शिक्षक अम्मर कवँरले राजनितिमा सक्रिय हुन राजीनामा दिनुभएको छ ।
सरकारले अगामी बैशाख ३० गते स्थानिय तहको निर्वाचनको मिति घोषणा गरेसंगै कुवँरले सक्रिय रुपमा राजनितिमा लाग्न राजीनामा दिएको बताएका छन् । गत स्थानिय तहको चुनावमा पनि उहाँ वडा अध्यक्षको उम्मेदवार बन्ने चर्चा चलेको थियो । तर अहिले उनले नेकपा एमालेबाट गाउँपालिका अध्यक्षका लागी चुनाव लड्ने बताएका छन् ।