
आइतबार मात्रै वडा नम्बर ८ का स्थानीयहरु सँगको भेटघाटपछि धौकोटमा भेला आयोजना गरिएको उहाले बताउनुभयो । आसन्न निर्वाचनमा महाकाली नगरपालिकामा नेपाली काँग्रेसले पूर्ण रुपमा विजय प्राप्त गर्ने गरी तयारी गरिरहेको महाकाली नगरपालिकाका प्रमुख एवं नेपाली काँग्रेस जिल्ला कार्य समिति कोषाध्यक्ष हंसराज भट्टले बताउनुभयो ।
यसअघि नेपाली काँग्रेस जिल्ला कार्य समितिले आफ्नो चुनावी कार्यक्रमअन्तर्गत फागुन ७ गतेदेखि पालिकामा कार्यक्रम गरिरहेका छन् । जसअन्तर्गत फागुन १८ गते व्याँस गाउँपालिका, फागुन २१ गते दुहुँ गाउँपालिका, २० गते महाकाली नगरपालिका र फागुन २४ गते नौगाड गाउँपालिकामा भेला आयोजना गरिने काँग्रेसले जनाएको छ ।Dfm