दार्चुला । दार्चुलामा सेनाद्वारा महाशिवरात्रि तथा सेना दिवसको अवसरमा खम्पा निशस्त्रिकरण अभियानमा सहयोग गरेको भन्दै ४ जनालाई सम्मान गरेको छ । कदर पत्र र दोसल्ला ओढाई उनीहरुलाई सम्मान गरेको हो । गुरुगोरख गुल्ममा मंगलबार सेना दिवसको अवसरमा आयोजित एक औपचारीक कार्यक्रममा वि.स २०३१ को दौरानमा आफ्नो जीउ ज्यान जोखिममा राखी पेशागत क्षमता प्रदर्शन गरी बहादुरीका साथ अभियान सफल पारेको भन्दै उनीहरुलाई सम्मान गरिएको गुरुगोरख गुल्म दार्चुलाले जनाएको छ ।
व्यासँ गाउँपालिका वडा नम्वर १ छाङरु निवासी हाल महाकाली नगरपालिका वडा नम्बर ४ बस्ने सोबान सिह तिंकरी, सोही गाउँपालिका वडा २ बस्ने जित सिह बोहरा, महाकाली नगरपालिका वडा ३ झुस्कुु बस्ने नारायण दत्त भट्ट र व्यास गाउँपालिका वडा नम्बर १ कै सोबन सिह तिंकरीलाई कदर पत्र र दोसल्ला ओडाई सम्मान गरिएको हो ।