निर्माणाधिन दार्चुला–तिङ्कर सडकखण्डमा निर्माण कार्यमा संलग्न से २ त १७९९ नम्बरको ट्याक्टर सडकबाट १५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
ट्याक्टर खस्दा ट्याक्टर रहेका २३ वर्षीय वीरेन्द्र खड्काको च्यापिएर मृत्यु भएको प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी माधव विश्कर्माले जानकारी दिए ।
ट्याक्टर चालक बझाङको सुर्मा गाउँपालिकाका २८ वर्षीय मान बोहरा फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरी प्रवक्ता विश्कर्माले बताए । गएराति साढे १० बजेको समयमा दुर्घटना भएको हो ।