दार्चुला । नेपाली कांग्रेस दार्चुलाले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै जिल्ला भरी कार्यकर्ता भेटघाट तथा अन्तक्र्रिया कार्यक्रम गरिरहेको छ । सोहीअन्तर्गत बुधवार जिल्लाको व्याँस गाउँपालिकामा वृहत आम सभाको आयोजना गरिएको नेपाली काँग्रेस दार्चुलाले जनाएको छ । कार्यक्रम नेपाली काँग्रेस व्याँस गाउँपालिका सभापति नरेन्द्र भट्टको अध्यक्षता तथा नेपाली काँग्रेस जिल्ला कार्यसमिति सभापति ललित सिंह बोहराको प्रमुख आतिथ्यततामा भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी सभापति बोहराले आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै कार्यकर्ताहरुलाई चुनावी मानसिकता बनाई कांग्रेसलाई बहुमतका साथ जिताउन अपिल गरेका छन् । काँग्रेस जिल्ला सचिव पुलेन्द्र बहादुर कार्कीले नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसले गरेका महत्वपूर्ण कामहरुको मूल्याङकन गर्न अनुरोध गरे । नेपाली कांग्रेस पार्टीको राष्ट्रिय समस्यामा ठूलो निर्णायक भूमिका रहने भन्दै देशभरका जनताले कांग्रेस पार्टीलाई नै असल मानी कार्यकर्ताहरुको अहिले पार्टी प्रवेश गर्ने लर्काे लागेको बताए । ब्यास गाउँपालिकामा काङ्ग्रेस बाट गाउँपालिका अध्यक्ष उपाध्यक्ष जित्दा गाउँपालिकाले गरेका लोकप्रिय कामहरूको बारेमा आफ्नो टोल मा प्रचारप्रसार गरेर काङ्ग्रेस जिताउने अभियानमा लाग्न सम्पुर्ण नेता कार्यकर्तालाइ आग्रह गरे । त्यस्तै कार्यक्रममा निवर्तमान जिल्ला कार्यसमिति सदस्य तथा नेपाली कांग्रेस दार्चुलाका युवा नेता धनराज जोशीले ब्यास गाउपालिकामा नेपाली कांग्रेस पाटिको नेतृत्वमा राम्राे काम भएकाेले फेरि पनि ब्यासबाशिलाइ बडा सहित पालिका अध्यक्ष उपाध्यक्ष जिताउन अनुराेध गरे । ब्याँस गाउँपालिका ४ डोकटमा सम्पन्न कार्यक्रममा नेकपा एमाले र माओबादी केन्द्रका गरी ५० जना कार्यकर्ताहरुले नेपाली कांग्रेस पार्टी प्रबेश गरेका छन् ।
आसन्न स्थानीय तहको निर्वाचनको पुर्वसन्ध्यामा निर्वाचनको तयारी स्वरुप नेपाली काङ्ग्रेस ब्यास गाउँपालिकाको आयोजनामा बृहत कार्यकर्ता भेला कार्यक्रम ब्यास ४ सुन्सेरा डोकटमा सम्पन्न गरेको हो ।
कार्यक्रममा दार्चुला जिल्ला सचिव सचीव पुलेन्द्र बहादुर कार्की,महाधिवेशन प्रतिनिधि दिलिप सिह बुढाथोकी,हरक सिह बिष्ट,गणेश भट्ट,बासुदेव ऐतवाल बिशिस्ट अतिथि रहनु भएको थियो । कार्यक्रममा बोल्दै महाधिवेशन प्रतिनिधि एवं ब्यास गाउँपालिका अध्यक्ष दिलिप सिह बुढाथोकी ले आफ्नो कार्यकालमा स्थानीय सरकारको स्रोत साधनले गर्न सक्ने सम्पुर्ण बिकास निर्माणका कार्यक्रम योजनाहरु खरमुक्त कार्यक्रम,धुवामुक्त कार्यक्रम,कडा रोगीलाई राहत जस्ता कार्यक्रम बाट नेपाली काङ्ग्रेसको शिर उचो बनाएको र अगामी स्थानीय तहको निर्वाचनमा पनि ब्यास गाउँपालिकामा काङ्ग्रेसलाई जिताउन लाग्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।
कार्यक्रममा नेपाली कांग्रेस महाधिबेशन प्रतिनिधि तथा नेता कार्यकर्ताहरुको सहभागिता थियो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to siddatopikhabar
Made with ❤️ By Gorkhaly Labs