राजेन्द्र महर बैतडी । जिल्ला अदालत बैतडी र नेपाल बार एकाई बैतडीले सयुक्त रुपमा सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाको पाटन नगरपालिका वडा नं. ९, स्थित रहेको श्री शिद्वेश्वर मा.बि मा शुक्रबारका दिन सो कार्यक्रम सम्पन्न गरिएको सिद्धटोपी खबरलाई जानकारी दिनुभयो ।
जिल्ला अदालत बैतडीका माननिय न्यायधिस तिलक बहादुर कार्की बार एकाईका कार्यबहाक अध्यक्ष हरिदत्त भट्ट सहितको टोलीले न्यायीक बहस पहुच तथा न्यायमा पहुचका लागि समुदायमा कानुन व्यवसायी कार्यक्रम मार्फत शुक्रवारका दिन उक्त विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत छात्रछात्रा सहित विद्यालयका शिक्षक शिक्षिकाहरुलाई मुद्धाका प्रकार, न्याय खोज्नुका लागि गरिने प्रक्रिया, समुदायमा हुने विभिन्न घटना र घटनाहरुमा संलग्न ठहरिएका दोसीहरु लाई दिईने दण्डजरिवाना सहित कानुन वारे जानकारी गराएकोे विद्यालयका प्रधानाध्यापक शिवराज भट्टले बताउनु भएको छ ।

आर्थिक, सामाजिक, भोगोलिक लगायतका क्षेत्रबाट पछाडी परेका व्यक्तिहरुका लागि बार एकाईले निशुल्क रुपमा बहस गर्दै आईरहेको बारका कोषाध्यक्ष तथा अधिबक्ता लक्ष्मीदत्त पाण्डेले बताएको जनाएको छ । जिल्ला अदालत बैतडी मा. न्यायधि तिलक बहादुर कार्कीको अध्यक्षतामा संचालन भएको सचेतनामुलक कार्यक्रममा अदालका श्रेस्तेदार, बारका कार्यबहाक अध्यक्ष, बारका अन्य पदाधिकारी, विद्यालय व्यवस्थापन समितका अध्यक्ष, विद्यालयका शिक्षक शिक्षिका तथा विद्यार्थीहरुको सहभागिता रहेको जनाएको छ ।
