काठमाडौं । नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघको नेतृत्वका लागि दौडधुप सुरु भएको छ । कांग्रेसले म्याद सकिएका भ्रातृसंस्था भंग गरेपछि नयाँ नेतृत्वको लागि दौडधुप सुरु भएको हो । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ने वि संघ तरुणदल लगाएतका १० भ्रातृसंस्था खारेज गर्दै फागुनभित्र नयाँ कार्यसमिति गठन गर्ने निर्णय गरेको थियो।

ने वि संघको बिधान अनुसार ३२ वर्षे उमेर हद लागू भय संगै ने वि संघको नेतृत्वको खोजीकार्य सुरु भएको छ । कांग्रेसको भ्रातृसंस्थाहरु मध्य सबैभन्दा चलाएमान सस्थाको रुपमा चिनिने ने वि संघको सभापति को बन्ला भन्ने सन्दर्भमा आम कांग्रेसिजनको जिज्ञासा् बढ्नु स्वभाबिकै थियो ,तर नेविसंघको नेतृत्वमा रहेकाहरु कालान्तरमा पार्टीको केन्द्रीय राजनीतिमा पनि स्थापित भएको इतिहास छर्लङ्ग छ । त्यस्तै कांग्रेसमा अन्य भ्रातृसंस्थाहरु भन्दा बढि चलायमान हुने र सक्रिय संगठन भएकाले पनि नेविसंघमा आफू अनुकुल नेतृत्व ल्याउन पार्टीकै प्रभावशाली नेताहरु पनि उत्तिकै सक्रिय छन् ।

नेताहरुले आफूनिकटलाई ने वि संघको नेतृत्वमा ल्याउन लबिइङ गरिरहेका छन्, भने नेतृत्वका आकांक्षीहरुले भने नेताहरुको घरदैलो अभियानलाई तीब्र बनाएका छन् । ने वि संघको अब बन्ने केन्द्रीय कार्यसमिति सहमतिमै चयन हुने भएकाले आकांक्षीहरुले आफूलाई टीममा पार्न सक्रियता बढाएका छन् ।

पार्टीमा भागवण्डाकै आधारमा भ्रातृसंस्थामा नेतृत्व चयन हुने चर्चा कांग्रेसभित्र छ । कांग्रेसको प्रमुख भ्रातृसंस्था ने वि संघको नेतृत्व संस्थापन पक्षले आफैसँग राख्ने आकलन भए संगै ने वि संघको सभापतिका लागि सुरज सेजुवाल, प्रेमबहादुर शाही, उत्तम साउद, गीता गुरुङ मनिषजङग थापा, डोजाङ शेर्पा, चन्द्र विक, नवराज त्रिपाठी, एलिजा ढकाल लगायतको नाम पनि चर्चामा छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आफूनिकट समूहबाटै ने वि संघको नेतृत्वमा ल्याउने तयारी गरे संगै सुरज सेजुवाल , उत्तम साउद, प्रेम शाहि , मनिषजङग थापा मध्य एक जना सभापति भन्ने निश्चित देखिन्छ भने यिनीहरु मध्य पनि कांग्रेस सभापति सेर बहादुर देउवा, उपसभापति पुर्ण बहादुर खड्का,बालकृष्ण खाण,ग्यानेन्द्र कार्की , एन्पि साउद, रमेश लेखक, नैनसिंह महर लगाएतका नेताहरुको बिस्वासिला पात्रको रुपमा सुरज सेजुवाल रहेका छन त्यसैले उहाँको चर्चा अरु नेताहरुको भन्दा बढी हुनु स्वभाबिक नै मानिन्छ ।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय