कार्यक्रममा बोल्दै अनेरास्ववियुका केन्द्रिय सचिव धर्म गिरीले राष्ट्र र राष्ट्रियताको पक्षमा अनेरास्ववियु सधै रहेको बताउनुभयो । नेपाली सुरक्षा निकाय नपुगेका बेला भारतले अतिक्रमण गरेको कालापानी मार्च देखि सीमा मिचिएका विभिन्न क्षेत्रमा पुगेर अनेरास्ववियुले प्रतिकार गरेको बताउनुभयो । कार्यक्रममा बोल्दै अनेरास्ववियुका केन्द्रिय अध्यक्ष सुनिता बरालले अनेरास्ववियु विद्यार्थीका मुद्दाहरूमा केन्द्रित रहेको बताउनुभयो । साथै यस संगठनमा आवद्ध भएका सबै विद्यार्थीहरुले राम्रो शैक्षिक उपलब्धि हासिल गर्न अनुरोध गर्नुभयो ।
अनेरास्ववियुको खुला सत्र समापन संगै बन्द सुरु भएको अध्यक्ष आनसिह बडालले बताउनुभयो । अध्यक्षको आकाक्षिंमा अनेरास्ववियु दार्चुला बहुमुखी क्याम्पस कमिटीका संयोजक सन्तोष सिह ठगुन्ना र नरेन्द्र प्रसाद जोशी देखिएका छन् । सहमतिमै नेतृत्व चयन गरिने अनेरास्ववियु दार्चुलाले जनाएको छ । kalapaninews 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय