दार्चुला । नेपाल कम्युनिष्ट पार्टी एमालेले दुहुँ गाउँपालिका–१ पिपलचौरीमा कार्यकर्ता प्रशिक्षण गरेको छ । स्थानीय तहको निर्वाचन मिति नजिकिदै जादा एमालेले कार्यकर्ता प्रशिक्षणलाई प्राथमिकताका साथ अगाडी बढाइरहेको छ । प्रशिक्षण कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी दुहुँ गाउँपालिका अध्यक्ष जंग बहादुर बमको अध्यक्षतामा भएको हो । कार्यक्रममा एमाले सुदुरपश्चिम प्रदेश कमिटि सदस्य नरेन्द्र तिंकरी प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रमको विशिष्ट अतिथिमा गाउँपालिका ईन्चार्ज देबबहादुर बम रहनु भएको एमाले संगठित सदस्य दिपक जोशीले जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला कमिटि सदस्य नरेन्द्र बडाल, धन बहादुर कुवर लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । यसैबीच तीन जना कांग्रेस र एक जना माओबादीका कार्यकर्ताले एमाले प्रवेश गरेका छन् । सदस्य जोशीका अनुसार दुहुँ गाउँपालिका वडा नम्बर १ पिपलचौरीका लक्ष्मण सिंह महर, गगन सिंह महर र हर्का देवी बमले नेपाली कांग्रेस परित्याग गरि एमाले प्रवेश गरेको बताइएको छ । यस्तै सोही वडाका महेन्द्र सिंह बोहराले नेकपा माओबादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय