दार्चुला । नेपाली काँग्रेस जिल्ला कार्य समिति दार्चुलाको बैठक सम्पन्न भएको छ । शुक्रवार पार्टी सभापति ललित सिह बोहराको अध्यक्षतामा बसेको बैठकले आगामी स्थानिय तहको निर्वाचनलाई मध्यनजर गर्दै आयोजना हुन गैरहेको घर घर जाआँै काँग्रेस जिताआँै अभियानको कार्ययोजना पारित गरिएको छ । जस अन्तर्गत फागुन २९ गते जिल्लाको लेकम गाउँपालिकाबाट अभियान सुरु हुने र चैत्र २९ गते सम्म जिल्लाभर रहने काँग्रेस दार्चुलाले जनाएको छ । घर घर जाआँै काँग्रेस जिताआँै अभियानको उद्धघाटन कार्यक्रम लेकम गाउँपालिकाको केन्द्र रातामाटामा पुर्व मन्त्रि एवम नेपाली काँग्रेस केन्द्रिय परिवेक्षक मोहन सिह राठौरले गर्नु हुने भएको छ । त्यस्तै प्रदेश सभा क्षेत्र नम्वर (क) मा ललित सिह ठगुन्नाको संयोजकत्वमा र क्षेत्र नम्वर (ख) मा महादेव बडूको संयोजकत्वमा घर घर जाआँै काँग्रेस जिताआँै अभियान संचालन समित गठन गरिएको छ । अभियानकै सिलसिलामा प्रशिक्षण कार्यक्रमको जिम्मेवारी महाधिवेसन प्रतिनिधिलाई दिने निर्णय भएको काँग्रेस दार्चुलाका जिल्ला सचिव पुलेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
उक्त बैठकमा नेपाली काँग्रेस केन्द्रिय सदस्य एवम कानुन मन्त्री दिलेन्द्र प्रसाद बडूले जुम मार्फत सहभागीता जनाएका थिए ।
