दार्चुला । आसन्न स्थानिय तहको निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेस दुहूँले टोल समिति गठन गरिरहेको छ । सोही क्रममा बिहीवार दुहुँ गाउँपालिका वडा नम्वर १ को सौतोली लिथ्थी टोलमा टोल समिति गठन गरिएको छ ।

भिम बहादुर बम टोल समिति सभापति रहने गरी १७ जनाको समिति गठन भएको नेपाली काँग्रेस दुहुँ १ का सभापति बिशन सिह बोहराले जानकारी दिए । उपसभापति माधवी बंम, सचिव देब सिह धामी, कोषाध्यक्ष बिमला देबी बम लगायतको टोल समिति गठन गरिएको छ ।

टोल समिति गठन कार्यक्रममा नेपाली काँग्रेस पार्टीको बिचार र सिद्धान्तलाई आत्मसाथ गर्दै नेकपा एमाले परित्याग गरी ९ जनाले नेपाली काँग्रेस पार्टी प्रबेश गरेका छन । प्रबेश गर्नेहरुमा भिम बहादुर बम, माया बम, कमल बहादुर बम, लाल बहादुर बम, तेज बहादुर बम, जस्ना देबी बम, रेपती बम, बसन्ती बम र दिपिका बम रहेको सभापति बोहराले जानकारी दिए ।

नव प्रबेसीहरुलाई नेपाली काँग्रेस जिल्ला कार्य समिति सचिव एवम दुहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले टिका लगाई स्वागत गर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय