दार्चुला । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रबेश गर्नेहरुको पछिल्लो समय युवाहरुको लर्काे लागेको छ । हाम्रो नेपाल हामी नेपालीको पुरै टिम राष्ट्रिय प्रजातन्त्र पार्टीमा समायोजन भए सँगै अहिले आएर युवाहरुको पार्टी प्रबेश गर्ने लर्काे लागेको राष्ट्रिय प्रजातन्त्र पार्टी दार्चुला प्रबक्ता नरेन्द्र सिह धामीले जानकारी दिए ।
पार्टी संगठन विस्तार अन्तर्गत जिल्लाका ९ वटै स्थानिय तहमा अहिले युवाहरुको पार्टी प्रबेश गर्ने लाम लागेको जनाईएको छ । अहिले सम्म ६५ जना भन्दा बढी युवाहरुले पार्टी प्रबेश गरेको पार्टी सचिव आन सिह महराले जानकारी दिए । आज मात्रै ९ जनाले राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालयमा आएर नयाँँ सदस्यता लिएको बुझिएको छ ।
पार्टीले आसन्न स्थानिय तहको निर्वाचनमा जिल्ला भरी नै आफ्नै पार्टीको उम्मेदवार उठाउने रणनीति वनाएको सचिव महराले जानकारी दिए । जिल्लाको दुहुँ गाउँपालिका र नौगाड गाउँपालिकामा अहिले पार्टी संगठन राम्रो रहेको भन्दै १÷२ वडा जित्ने समेत दावी गर्नु भयो । त्यस्तै अन्य स्थानिय तहमा पनि चुनाव आउनु पुर्ब संगठनलाई निकै मजवुद वनाई स्थानिय तह कब्जा गर्ने राप्रपा दार्चुलाले जनाएको छ ।
