काठमाण्डौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको कार्यक्रम स्वीकृत गरेको छ। शुक्रबार बसेको आयोगको बैठकले निर्वाचन कार्यक्रम स्वीकृत गरेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो ।

निर्वाचन कार्यक्रम अनुसार स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुनेछ । दुई दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताका हुनेछ ।

आयोगले वैशाख १२ गते साँझ उम्मेदवारको नामको सूची प्रकाशित गर्नेछ। वैशाख १३ गते उम्मेदवारविरुद्ध उजुरी दिन सकिने छ भने १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने र उजुरीमाथि निर्णय गर्ने कार्यक्रम रहेको छ । आयोगले उम्मेदवारलाई वैशाख १७ गते चुनाव चिह्न प्रदान गर्नेछ ।

आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय