दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा जिल्लामा निर्मित छात्रावासको प्रदेशका सभामुख, उपसभामुखको टोलीले अनुगमन निरीक्षण गरेको छ । शुक्रवार दार्चुला पुगेको टोलीले त्यसैदिन जिल्ला स्थित कार्यालय प्रमुखहरु सँग अन्तक्र्रिया, छलफल गरी शनिबार महेन्द्र नमुना माविको छात्रावास र दार्चुला बहुमुखी क्याम्पसको छात्रावासको अनुगमन निरीक्षण गरेको हो । प्रदेश सरकारले बझाङ, बाजुरा र दार्चुलामा छात्रावास निर्माण गरेको छ ।

प्रदेशको टोलीमा सभामुख अर्जुन बहादुर थापा, उपसभामुख निर्मला बडाल जोशी, प्रदेश सभा सदस्य माया भट्ट र गेल्बु सिह बोहरा रहेका छन् । महेन्द्र नमुनामा माविको छात्रावास अनुगमन सँगै त्यहाँ बस्ने विद्यार्थीहरुलाई शैक्षिक सामग्रीका साथै फलफूल वितरण गरिएको छ । छात्रावासको व्यवस्थापनका साथै महिलाहरुका लागि छुट्टै भवन निर्माणका लागि पहल थाल्ने आश्वासन पाएको महेन्द्र नमुना माविले जनाएको छ ।

यस्तै उनीहरुले बाढी प्रभावित क्षेत्र श्रीबगडको समेत अवलोकन गरेका छन् । यसैगरी जनतासँग सभामुख कार्यक्रम अन्तर्गत दार्चुला पुगेको टोलीले जिल्लामा उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरुलाई राखेर अन्तक्र्रिया कार्यक्रम गर्ने जनाएको छ । दिउँसो नेपाल पत्रकार महासंघ दार्चुला शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभामुख अर्जुन बहादुर थापाले जिल्ला भ्रमणको कार्यक्रम तथा प्रदेश सरकारको गतिविधिबारे जानकारी दिएका थिए ।

सम्मेलनमा बोल्दै सभामुख थापाले प्रदेश सरकारले काम नै नगरेको भन्न नहुने बताए । प्रदेशको केन्द्र कायम बाहेक अरु काम प्रदेशले सन्तोषजनक गरेको धारणा राखे । यस्तै उनले प्रदेशले निर्माण गरेका ६० वटा विधेयक मध्ये ५६ वटा विधेयक पारित गरेको जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय