दार्चुला । टोलटोलमा एमाले मनमनमा एमाले अभियान अन्तर्गत एमालले आइतबार नौगाड गाँउपालिका स्तरीय अखिल नेपाल किसान महासंघ गठन गरेको छ । नौगाडमा पानसिह वडालको अध्यक्षतामा २५ सदस्यीय महासंघ गठन गरिएको हो । नेकपा एमाले दार्चुलाका अध्यक्ष प्रेमसिह धामीको प्रमुख आतिथ्यतामा प्रथम अधिबेशनबाट महासंघ गठन गरिएको हो । सोही कार्यक्रममा समाजबादी पाटीका वडा नम्बर १ का उपाध्यक्ष पानसिह बडालले नेकपा एमाले प्रवेश गरेका छन् । यसैगरी शैल्यशिखर नगरपालिकामा नगर कमिटीको आयोजनामा वडा नं. १ को बैठक सम्पन्न भएको छ । बैठकले शैल्यशिखरमा यहि चैत १० गते हुने विसाल आमसभाको तयारी गर्ने निर्णय गरेको छ । यस्तै मालिकार्जुन गाँउपालिकाको वडा नम्बर ८ को बैठक पनि सम्पन्न भएको छ । जिल्ला कमिटि सदस्य हिरासिह धामीको आतिथ्यमा बसेको बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले चैत ११ गते देखि चैत १६ गतेसम्म पालिकाका १२ वटा टोलमा भेला, घरदैलो र भ्रष्टाचार विरुद्धको अभियान सञ्चालन गर्ने निर्णय गरेको एमालेले जनाएको छ । ब्याँस गाँउपालिकामा पनि एमालेको अभियान जारी रहेको छ । ब्याँस गाँउपालिका वडा नं.४ को सुनसेरामा वडा कमिटि भेलाको आयोजना गरिएको छ । त्यसैगरी दुहँु गाँउपालिकामा पनि अभियान सञ्चालन गरिएको छ । जस्मा पहिलो चरणका टोल कमिटिहरु गठन कार्यक्रम सम्पन्न गरेर दोस्रो चरणका लागि भेला बैठक र जनसंगठन परिचालन गर्ने जनाइएको छ । महाकाली नगरपालिकाका सबै वडाहरुमा वडा भेला तथ टोल भेला भइरहेको छ । यस्तै लेकम गाँउपालिका, अपिहिमाल गाँउपालिका, मार्मा गाँउपालिका का विभिन्न वडामा टोल कमिटि गठन गरिएको एमाले दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय