दार्चुला । जिल्लाको दुहुँ गाउँपालिकाका युवा नेता द्धय देबेन्द्र महर र राजु डडाल पुन काँग्रेसमा प्रबेश भएका छन । केहि दिन अघि मात्रै उनले राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गर्नु भएको थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका केहि साथीहरुले आफुहरुलाई युवाहरुले पार्टीको नेतृत्व गर्ने र भ्रष्टाचारमा शुन्य शहनशिलता लगायतका कुराहरुमा प्रलोभन दिएका कारण आफुहरु पार्टी प्रबेस गरेको वताए ।
नभन्दै पार्टी प्रवेस भएको दुई दिनमै दुहँमा नेपाली काँग्रेसको किल्ला तोड्ने र केहि यो वाफत आएको रमक पनि मिलाएर खाने कुरा सुन्ने बित्तिकै आफुहरु झस्किएको र पुन कहिल्यै पनि राप्रपामा नजाने घोषणाका साथ पार्टीमै रहेको जानकारी गराए ।
युवा नेता देबेन्द्र महरले आफु बिगत २०७० साल देखी नेपाली काँग्रेसको सक्रिय सदस्य रहेको र अझै पनि काँग्रेसको सिपाहीका रुपमा काम गर्ने वताए ।
जिल्ला कार्य समितिले अर्का युवा नेता राजु डडाललाई कोषाध्यक्षको जिम्मेवारी दिएको थियो । आफुलाई गलत आश्वासन दिएको पैसाको वार्गनिक गरेका कारण आजकै दिन देखी पार्टी छोडेको घोषणा गरेका छन ।
महर दुहुँ गाउँपालिका नेपाली काँग्रेसका उपसभापति पुरन सिह महरका छोरा हुन्न भने डडाल दुहुँ गाउँपालिका वडा नम्वर २ का वडा अध्यक्ष एवम काँग्रेस नेता गोविन्द सिह डडालका भाई हुन्न । उहाहरु को भनाइ हेर्न र सुन्न तलको लिक क्लिक गर्नुहोला । https://youtu.be/7apCTZguGYQ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय