दार्चुला । नेपाली काँग्रेस दुहुँ गाउँपालिकाको गाउँ गाउँ जाआँै काँग्रेस जिताऔँ अभियान अन्तर्गत कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमवार पार्टी सभापति नरेन्द्र सिह कुवरको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस जिल्ला कार्य समिति सचिव एवम दुहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्की रहनु भएको थियो । विशिष्ट अतिथिमा महाधिवेशन प्रतिनीधि एवम गाउँपालिका उपाध्यक्ष ईश्वरी जोशी रहनु भएको थियो ।
सोही कार्यक्रममा नेकपा एमाले र माओवादी केन्द्र परित्याग गरि आधा दर्जन कार्यकर्ताहरुले नेपाली काँग्रेस प्रबेस गरेका छन । प्रबेस गर्नुहरुमा जयन्ती लुहार, चनरी लुहार, भागा डडाल र झुनी लुहारले नेकपा एमाले बाट प्रवेस गरेका छन भने भागा डडालले माओवादी केन्द्र परित्याग गरि काँग्रेस प्रबेस गरेको पार्टी सभापति नरेन्द्र सिह कुवरले जानकारी दिए । त्यस्तै पालिका स्तरीय चुनाव परिचालक समिति संयोजकमा गाउँपालिका सभापति नरेन्द्र कुवर संयोजक रहनु भएको छ । पार्टीले तेज बहादु बम, चक्र वम, वहादुर बम, र कौलाश महरलाई मनोनित सदस्यमा ल्याएको छ । कार्यक्रममा युवा नेता धनराज जोशी, पालिका स्तरीय कार्यसमितिका पदाधिकारी लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
त्यस्तै
नेपाली काँग्रेस दुहुँ गाउँपालिका वडा नम्वर २ हिकिलामा महिला संग गठन गरिएको छ । पार्टी सभापति अम्भादत्त जोशीको सभापतित्व तथा काँग्रेस युवा नेता एवम वडा नम्वर २ का वडा अध्यक्ष गोविन्द्र सिह डडालको प्रमुख आतिथ्यतामा महिला संघ गठन गरिएको काँग्रेस वडा नम्वर २ का सचिव केशर सिह कार्कीले जानकारी दिए । सिता देबी बडाल महिला संघ सभापति रहने गरी १७ जनाको कार्यसमिति गठन गरिएको छ ।
कार्यसमिति उपसभापति कुसुम वडाल, सरस्वती डडाल, सचिव कलावती बडाल, सहसचिव माना धामी, पार्वती धामी र कोषाध्यक्ष लिला बडाल रहने गरी कार्य समिति गठन गरिएको हो । सोही कार्यक्रममा नेपाली काँग्रेस पार्टीमा २ जना प्रबेस भएका छन । प्रबेस गर्नेहरुमा सर्बसाधारण जमन सिह बडाल र नन्दा देबी बडाल रहेका छन ।
त्यस्तै दुहुँ २ को टोल टोलमा टोल महिला संग गठन गरिएको छ । गोकुल टोल संयोजक कलावती बडाल, कम्दा टोल संयोजक कलावती बडाल, दलित टोल संयोजक फुली भुल, घाङरान टोल संयोजक निर्मला बडाल, हेकाती टोल संयोजक लिला जोशी, कोलिउँडा टोल संयोजक हंशा कार्की, धामिगाउँ टोल संयोजक पार्वती धामी र गुना टोल संयोजक बिजमती डाडल रहेका छन ।
