दार्चुला । नेकपा एमाले शैल्यशिखर नगरपालिकाले नगरक्षेत्रबाट ढेड सय जनालाई पार्टी प्रबेश गरेको दाबी गरेको छ । शैल्यशिखर नगरपालिकाले आयोजना गरेको टोल कमिटि अभियानमा १ सय ५० भन्दा बढी जनाले पार्टीमा प्रबेश गरेको नगरकमिटि अध्यक्ष रण बहादुर खत्रीले वताए । प्रबेश गर्नेहरुमा नेपाली काँग्रेस पार्टी र माओवादी केन्द्र रहेको उनले वताए । यस्तै शैल्यशिखरमा यहि चैत्र १० गते हुने आमसभाको तयारी भैरहेको वताईएको छ । सो अन्तर्गत नगर कमिटि पदाधिकारी, प्रदेश, जिल्ला कमिटि र वडा कमिटिका अध्यक्ष र सचिवको बैठक बसेको छ । चैत्र १० गते हुने भेलालाई नेकपा एमाले केन्द्रिय कमिटि सदस्य गणेश सिह ठगुन्नाले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय