दार्चुला । राष्ट्रिय प्रजातन्त्र पार्टीको उपाध्यक्षमा देबेन्द्र धामी चयन हुनु भएको छ । बुधवार जिल्ला कार्य समिति दार्चुलाले धामी सहित ४२ जना लाई मनोनित गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको यहि चैत्र ११ गत्ते देखि जिल्लाका ९ वटै स्थानिय तह हरुमा नागरिक सचेतना, आम सभा र सदस्यता बितरणको कार्यक्रम गर्ने जनाएको छ ।
११ गते दुहुगाउँपालिका बाट कार्यक्रम सुरु हुने राप्रपा दार्चुलाले जनाएको छ । यो सँगै युवा नेता धामीले दुहुँ गाउँपालिका अध्यक्षको लागि राप्रपाबाट उम्मेदवारी दिने घोषणा गरेका छन । दुहुँ गाउँपालिकाकै लागि राप्रपाबाट चक्र सिह बमले पनि उम्मेदवारी दिने मनसाय वनाएका छन ।
बुधवार मात्रै नेपाली काँग्रेस र नेकपा एमाले पाटि परित्याग गरि एक दर्जन बढीले राप्रपा प्रबेश गरेको पार्टीले जनाएको छ । प्रबेश गर्नेहरुमा पदम बिष्ट,जय सिह बिष्ट, हरिना धामी, मन्जु भट्ट, पुष्प राज पन्त, नबिना महरा, कलावती महरा, कासी कार्की, उत्तम क्षेत्री र सन्तोष सिह कुवर रहेका छन ।
