दार्चुला । नेपाली काँग्रेस दुहुँ गाउँपालिका वडा नम्वर १ मा महिला संघ गठन गरिएको छ । बिहीवार पार्टी सभापति बिशन सिह बोहराको सभापतित्व तथा काँग्रेस जिल्ला कार्यसमिति सचिव एवम दुहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीको प्रमुख आतिथ्यतामा महिला संघ गठन गरिएको हो । भागरती महरा महिला संघ सभापति रहने गरी १५ जनाको कार्यसमिति गठन गरिएको छ ।
कार्यसमिति उपसभापति अमरा बम, पार्वती वंम सचिव, दुरी बोहरा सहसचिव र धाना भट्ट कोषाध्यक्ष रहने गरी कार्यसमिति गठन गरिएको हो । सोही कार्यक्रममा नेकपा एमाले पार्टी परित्याग गरि ४ जनाले नेपाली काँग्रेस पार्टी प्रबेश गरेका छन । प्रबेश गर्नेहरुमा रतना महर, कलावती महर, निसा लुहार र गोबिन्द जोशी रहेको पार्टी सभापति बोहराले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय