दार्चुला । नेपाली काँग्रेस पार्टीले सबिधानको संरक्षण गरेको नेपाली काँग्रेस सुदुरपश्चिम प्रदेशसभा कार्यसमितिका सभापति बिर बहादुर बलायरले वताउनु भएको छ । शुक्रवार प्रेस युनियन दार्चुला शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति बलायरले कम्युनिष्टहरुले बलत्कार गरेको संबिधानको रक्षा नेपाली कांग्रेसले गरेको वताए ।
स्थानीय तहको चुनावलाई लक्षित गदै दार्चुला पुग्नु भएका सुदरपश्चिम प्रदेश सभापति बलायरले कांग्रेसले निर्वाचन बहिष्कार नगर्ने र संविधानमा टेकेर निर्वाचनमा जाने बताए । उनले मुलुकलाई विग्रह र हिंसाबाट जोगाउनु नै राजनैतिक दलहरुको प्रमुख दायित्व हुनुपर्ने बताए । संविधानमा उल्लेख नै नभएको धारा प्रयोग गरेर प्रतिनिधि सभा विघटन गर्नु अलोकतान्त्रिक र गैरसंवैधानिक भएको जिकिर गदै कांग्रेसले सबिधानको संरक्षण गरेको दाबी गरे । केपि ओलीको असंबैधानिक कदमको कांग्रेसले सँधै विरोध गर्ने बताए । सभापति बलायरले पुर्व प्रधानमन्त्री ओली प्रधानमन्त्री भएका बेला देखि देशमा हत्या हिंसा बलत्कार जस्ता बिकृतिले धेरै भएको बताए । संसद विघटन असंबैधानिक, अलोकतान्त्रिक र प्रतिगमनतर्फ गएकोले सविधानको रक्षा काग्रेसले गरेको पनि बताए हुन ।
नेपालमा संविधान बचाउने कुरा, संविधानको सर्वोच्चता, नेपालमा कानूनको शासन, नेपालमा सुशासन कायम गर्नु सरकारको दायित्व रहेको वताए । सरकारका सामुन्ने अहिले धेरै ठूलो चुनौती रहेको भएपनि पहिलो काम भने संविधान बचाउने रहेको वताए । त्यस्तै भातरले निर्माण गरिहरेको तटबन्धको बारेमा दुबै देशविच कुटनितिक तवरले बार्ता भइरहेको बताएका छन । कम्युनिष्टहरुले सत्ता संचालन गर्दै आएका बेला देशको अर्थतन्त्र शुन्यमा पुर्याएको भन्दै काँग्रेसले अहिले आएर जगमगाउन थालेको बताए । केपी ओली नेतृत्वको सरकार काण्डै काण्डमा लिप्त रहेको र सुखी नेपाली संबृद्ध नेपालको नारा नारामै सिमित भएको बताए । काँग्रेसले अवको स्थानिय देखी प्रदेश र केन्द्रको निर्वाचनमा समेत कोही कसै सँग तालमेल नगर्ने र एक्लो चुनावी मैदानमा जाने पत्रकार सम्मेलन मार्फत जानकारी गराए ।
त्यस्तै घर घर जाऔँ काँग्रेस जिताऔँ अभियान अन्तर्गत नेपाली काँग्रेस दार्चुलाले जिल्लामा बृहत कार्यकर्ता भेटघाट सम्पन्न गरेको छ । पार्टी सभापति ललित सिह बोहराको सभापतित्वमा सम्पन्न कार्यकर्ता भेटघाट कार्यक्रममा प्रमुख अतिथि काँग्रेस सुदुरपश्चिम प्रदेश सभापति एवम पुर्व मन्त्री बिर बहादुर बलायर रहनु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सभापति बलायरले जिल्लाका ९ वटै स्थानिय तहमा नेपाली काँग्रेसलाई जिताउन नेता कार्यकर्ताहरुलाई निर्देशन दिनु भएको छ ।
