दार्चुला । घरघर जाऔँ काँग्रेस जिताऔँ अभियान अन्तर्गत जिल्लाको गोकुलेश्वरमा काँग्रेसको बृहत आमसभा सम्पन्न भएको छ । नेपाली काँग्रेस शैल्यशिखर नगरपालिकाले अभियान अन्तर्गत बृहत आमसभाको आयोजना गरेको हो । नेपाली काँग्रेस शैल्यशिखर नगर सभापति मोहन सिह साउँदको सभापतित्वमा सम्पन्न आम सभाका प्रमुख अतिथि नेपाली कांग्रेस सुदुरपश्चिम प्रदेश सभापति तथा पुर्ब मन्त्री बिर बहादुर बलायर रहनु भएको थियो ।
कार्यक्रमलाई सम्वोधन गर्दै सुदुरपश्चिम प्रदेश सभापति एवम कार्यक्रमका प्रमुख अतिथि बलायरले कम्युनिस्ट हरु दिउँसो नै टर्च बालेर हेर्नू पर्ने अवस्था आईसकेको वताउनु भएको छ । अगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसलाइ विजयी गराउनमा सक्रिय रहन नेता कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभएको छ । सभापती बलायरले आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसले एक्लै चुनावमा जानुपर्ने बताएका छन । काँग्रेसले गठबन्धनको परिकल्पना नगरिएकाले नीतिगत रुपमा सुदूरपश्चिममा गठबन्धन नहुने बताउनु भयो ।
उक्त कार्यक्रम मा एमाले र माओवादी परित्याग गरि ३७५ जनाले नेपाली कांग्रेस प्रबेश गरेको नेपाली कांग्रेस शैल्यशिखर नगर कार्यसमिति सचिब तिलक बहादुर पालले बताए ।
कार्यक्रम मा बोल्दै शैल्यशिखर नगर प्रमुख अमर धामीले अहिले देश भरी नै कांग्रेस को लहर भएको ले शैल्यशिखरमा पनि कांग्रेस बहुमत ले बिजय हुने दाबी गरे । उनका अनुसार आफ्नो कार्यकालमा शैल्यशिखरमा रिङरोड देखि लिएर शिक्षा स्वास्थ खानेपानी बिद्युतमा महत्वपुर्ण बिकास गरेको बताए ।
शैल्यशिखरमा एमाले माओवादी को गठबन्धन हुने हल्ला भए पनि बिगत मा भएको गठबन्धनले जनता माथी बिश्वास घात गरेकोले जनताले उनीहरुलाई नपत्याउने वताए । एमाले माओवादीले अझै पनि गठबन्धन गरेर आएपनी शैल्यशिखरमा कांग्रेसको बहुमतले बिजय हुने बताए । शैल्यशिखरमा मेयर को लागि सासंद गणेश सिंह ठगुन्ना नै आए पनि आफू नडराईकन चुनाव लड्ने र बहुमतका साथ बिजयी हुने वताए ।
कार्यक्रम मा बोल्दै नेपाली कांग्रेस जिल्ला सभापति ललित सिंह बोहराले जिल्लाको ९ वटै स्थानीय तहमा नेपाली कांग्रेसको बिजय हुने बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै महाधिवेशन प्रतिनिधि बिक्रम सिंह धामीले एमाले र माओवादीहरूको झुट र भ्रम को खेती मा खडेरी लाग्नु पर्ने वताए । कम्युनिस्टहरुले आफै ले पारेको खाडलमा आफै परिसकेको वताए । जनताले कम्युनिस्ट हरु लाई बिगतमा बहुमतका साथ सरकार मा पुगाएको भए पनि जनताको मतको कदर नगरेको भन्दै सबैले अव काँग्रेसलाई रोजेको वताए । आसन्न स्थानीय तहको निर्वाचन मा देश भरिनै कांग्रेस बहुमत का साथ बिजय हुने नेता बिक्रम सिंह धामीको भनाई थियो ।
कार्यक्रममा काँग्रेस केन्द्रिय नेता मोहन सिंह राठौर, नेपाली कांग्रेस जिल्ला सभापति ललित सिंह बोहरा, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि बिक्रम सिंह धामी, शैल्यशिखर नगरपालिकाका नगर प्रमुख अमर सिंह धामी, महाधिवेशन प्रतिनिधि राजमती बम पाल, मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामी लगायत नेता कार्यकर्ताहरुको वाक्लो उपस्थिति थियो ।
