दार्चुला । नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले सम्मानजनक अस्तित्व स्थापित हुने गरि चुनावमा गठबन्धन हुने बताउनुभएको छ । शनिवार प्रेस सेन्टर नेपालद्धारा जिल्ला सदरमुकाम खलंगामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाले सुदूरपश्चिममा नेकपा माओवादी एक ढिक्का भएको बताउँदै आगामी निर्वाचनमा नयाँ शिराबाट अगाडि बढ्ने बताए । केन्द्रदेखि वडासम्म गठबन्धनको कुरा चलेकाले निर्वाचनमा गठबन्धनलाई बलियो बनाउने कुरामा माओवादीको एकमत रहेको उहाको भनाइ थियो । साथै उहाले सुदूरपश्चिम प्रदेश सरकारमा काँग्रेसको सहभागिता बारे कुरा उठाइरहेको काँग्रेसको माग जायज रहेको बताउदै यसबारे केहीदिनमै निष्कर्षमा पुग्ने उहाले बताए । यसैबीच आज जिल्ला सदरमुकाम खलंगामा नेकपा माओवादी केन्द्रले अगुवा कार्यकर्ता प्रशिक्षण भेला सम्पन्न गरेको छ । जिल्ला समन्वय समिति दार्चुलाको आयोजनामा प्रशिक्षण भेला आयोजना गरिएको हो । भेलालाई माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश इन्चार्ज एवं केन्द्रीय सदस्य खगराज भट्टले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय