दार्चुला । स्थानीय तह निर्वाचनका लागि महाकाली नगरपालिका वडा नम्बर ७ को वडा अध्यक्षमा नेपाली काँग्रेसले दिनेश राज जोशीलाई सर्वसम्मत सिफारिस गरेको छ । शनिवार बसेको काँग्रेस वडा समितिको बैठकले जोशीलाई सर्वसम्मत रुपमा वडा अध्यक्षको उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको वडा सभापति लक्ष्मण सिह डाँगाले जानकारी दिए । जोशी २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि वडा अध्यक्षमा निर्वाचित भएका थिए । काँग्रेसले अहिले ९ वटै पालिकामा वडा तहदेखि नै साझा उम्मेदवार छान्न छलफल तथा बैठक डाँकिरहेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय