दार्चुला । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनका लागि नौ वटै स्थानिय तहका वडा देखी नै उम्मेदवार छनोट गरिरहेको छ । जस अन्तर्गत दुहुँ गाउँपालिका वडा नम्वर १ र २ नम्वरमा अध्यक्ष पदका उम्मेदवार छनौट भएका छन ।
वडा नम्वर १ मा जिवन बहादुर बम र वडा नम्वर २ मा गोविन्द सिह डडाल सर्बसमत वडाबाट सिफारिस भएको नेपाली काँग्रेस दुहुँले जनाएको छ । जिवन बहादुर बम १ नम्वरका लागी नयाँ अनुहार हुन्न भने डडाल २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
