दार्चुला । स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेसले जिल्लाका नौ वटै स्थानीय तहका वडादेखि नै उम्मेदवार छनौट गरिरहेको छ । काँग्रेसको केन्द्रीय सर्कुलर अनुसार नै चैत मसान्त अगावै स्थानीय तहमा उम्मेदवार छनौट गरिसक्ने गरी प्रत्येक पालिकामा छलफल तथा बैठक भइरहेका छन् । अहिले नेपाली काँग्रेसले जिल्लाको दुहुँ गाउँपालिका, मार्मा गाउँपालिका त्यसैगरी महाकाली नगरपालिकाका वडाहरुमा अध्यक्ष पदमा सर्वसम्मत व्यक्ति चयन गरेको छ । जिल्लाको दुहुँ गाउँपालिका वडा नम्बर १ र २ नम्बर वडामा सर्वसम्मत अध्यक्ष सिफारिस भएका छन् । १ नम्बर वडामा जीवन बहादुर बम र वडा नम्बर २ मा गोविन्द सिंह डडाल सर्वसम्मत वडाबाट सिफारिस भएको नेपाली काँग्रेस दुहुँ गाउँपालिका सभापति नरेन्द्र सिंह कुवरले जानकारी दिए । त्यसैगरी अन्य वडामा पनि छलफल जारी रहेको बताइएको छ । यस्तै जिल्लाको मार्मा गाउँपालिकाका २, ३ र ४ नम्बर वडामा पनि सर्वसम्मत अध्यक्ष चयन भएका छन् । वडा नम्बर २ मा उमेश बहादुर सिंह, वडा नम्बर ३ मा केशब बहादुर सिंह र वडा नम्बर ४ मा बीर सिह धामीलाई सर्वसम्मत उम्मेदवार चयन गरेको नेपाली काँग्रेस मार्मा गाउँपालिकाले जनाएको छ । यसैबीच महाकाली नगरपालिका वडा नम्बर ७ मा पनि दिनेश राज जोशीलाई सर्वसम्मत उम्मेदवार चयन गरिएको छ । यससँगै चुनावमा गठबन्धन गर्नेबारे जिल्ला तहमा सत्तारुढ तीन दलबीच गृहकार्य भइरहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय