बैतडी । बैतडीको पुर्चौंडी नगरपालिका वडा नं ८ मा एमालेले विरेन्द्र धामीलाई वडा अध्यक्षको उम्मेद्वार बनाउने निर्णय गरेको छ । पार्टीको वडा कमिटि बैठकले धामीलाई वडा अध्यक्षको उम्मेद्वार बनाउने निर्णय सर्वसम्मत पारित गरेको अनेरास्ववियुका जिल्ला संयोजक नरेन्द्र साउँदले जानकारी दिए ।

यस्तै खुला सदस्यमा गणेशसिंह साउँद र देवबहादुर महरा, महिला सदस्यमा कमला जोशी र दलित महिला सदस्यमा करुणा लुहारलाई उम्मेद्वार बनाउने निर्णय भएको छ ।

उम्मेद्वार घोषणा भएसंगै चुनावी प्रचारप्रसार समेत शुरु भईसकेको साउँदले बताए । यसअघि सो वडामा नेपाली कांग्रेसले रमेश बोहरालाई उम्मेद्वार बनाउने निर्णय गरिसकेको छ ।
साभारः सगुन खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय