दार्चुला । नेकपा एमाले मार्मा गाउँपालिका कमिटिले चार जना अध्यक्ष र तिन जना उपाध्यक्ष उम्मेवारको नाम जिल्ला कमिटिलाई सिफारिस गरेको छ । पालिका स्तरमा कुरा नमिले पछि जिल्ला कमिटिलाई सिफारिस गरिएको मार्मा गाउँपालिका कमिटि अध्यक्ष धिरेन्द्र सिंह विष्टले जानकारी दिनु भएको हाम्रा सम्वाददाता दिनेश बहादुर सिंहले बताउनुभयो ।
एमाले मार्मा कमिटिले गाउँपालिका अध्यक्षमा उत्तम सिंह विष्ट, देब सिंह महर, अकबर सिंह ठगुन्ना र नन्दन सिंह ठगुन्नाको नाम सिफारिस गरेको छ, भने उपाध्यक्षमा कमला बिष्ट, नन्दि ठगुन्ना र अम्मरा ठगुन्नाको सिफारिस गरेको उहाले खबर पठाउनु भएको छ । यसैबिच एमाले जिल्ला कमिटि र जिल्लाका स्थानिय तहका प्रमुख र उपप्रमुखको टिकट कसलाई दिने भन्ने विषयको छलफल चलिरहेको प्रचार प्रसार विभाग प्रमुख खडक बडालले जानकारी दिनुभयो । सम्भतः आजै टुङ्गोमा पुग्ने उहाले बताउनुभयो ।
