काठमाडौ । बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको छ। नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तागठबन्धन भित्र रहेका पाँच दलका शीर्ष नेताहरूको बैठक आज बस्न लागेको हो। बैठकका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगिसकेका छन्। यस्तै नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का बालुवाटार पुगेका छन्। वैशाखमा हुने स्थानीय चुनावमा पाँचदलीय गठबन्धन मिलेर जाने सहमति गरेका छन्।
तर चुनावी तालमेलको ढाँचा भने टुंगिएको छैन। समसामयिक राजनीति र चुनावी तालमेलका मोडालिटीबारे छलफल गर्न गठबन्धन बैठक बस्न लागेको बालुवाटार स्रोतले जानकारी दिएको छ।
गठबन्धनले निर्वाचन तयारी र अनुगमनका लागि रामचन्द्र पौडेलको नेतृत्वमा १० सदस्यीय समिति पनि गठन गरेका छन्। उक्त समितिले पनि चुनावी तालमेलको ढाँचाबारे छलफल गरिरहेको छ। सेतोपाटी
