बागलुङ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल कम्युनिस्ट आन्दोलनलाई ध्वस्त बनाउन जन्मिएको टिप्पणी गर्नुभएको छ ।

शनिबार बागलुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रचण्ड र नेपाल कम्युनिस्ट आन्दोलन ध्वस्त पार्न जन्मिएको बताउनुभएको हो । उहाँले प्रचण्ड र नेपाल आफू पनि सकिने र कम्युनिस्ट आन्दोलनलाई पनि ध्वस्त पार्ने बताउनुभयो । उहाँले एमाले भएकै कारण कम्युनिस्ट आन्दोलनको रक्षा भएको दाबी गर्नुभयो ।

ओलीले वर्तमान सरकारले नौ महिनामै देशलाई कंगाल बनाएको आरोप लगाउनुभयो । नेपाल उर्वर देश र मेहनती जनता रहेको भन्दै उहाँले देशको अर्थतन्त्र धरासायी भएको भनेर गभर्नरले सही सुझाव दिँदा गभर्नरको निलम्बन गर्नु दुःखद भएको बताएका छन् ।

सरकारले आफ्नो कमजोरी लुकाउने प्रयास गरेको ओलीको आरोप छ ।
साभारः ईमेज खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय