दार्चुला । दुहुँ गाउँपालिकामा कांग्रेसको तर्फबाट अध्यक्षको उम्मेदवारमा पुलेन्द्र बहादुर कार्की सर्वसम्मत रुपमा चयन भएका छन् । हालपनि कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षको जिम्मेवारीमा रहेका कार्की पुनः अध्यक्ष पदका लागि सर्वसम्मत चयन भएको नेपाली काँग्रेस दुहुँ गाउँपालिका सभापति नरेन्द्र सिंह कुवँरले जानकारी दिए । शैल्यशिखर नगरपालिका बाहेक अन्य पालिका अध्यक्ष टुंगो नलागेका बेला दुहुँले पालिका अध्यक्ष चयन गरेको छ । यस्तै दुहुँ गाउँपालिका वडा नम्बर १, २ र ३ मा सर्वसम्मत रुपमा काँग्रेसले अध्यक्षहरुको टुंगो लगाएको छ । वडा नम्वर १ मा नयाँ अनुहार जिवन बहादुर बम २ मा वर्तमान वडा अध्यक्ष गोविन्द सिह डडाल र ३ मा पनि वर्तमान अध्यक्ष लाल बहादुर बम वडा अध्यक्षका लागि उम्मेदवार रहेका छन ।
स्थानिय तह निर्वाचनमा दुहुँ गाउँपालिकाले वडा नम्वर ५ बाट मात्रै १ जना सदस्य गुमाएको थियो । गाउँपालिका प्रमुख, उपप्रमुख, पाँच वटै वडाका वडा अध्यक्ष र १९ वडा सदस्यहरु जितेको थियो ।
दुहुँ गाउँपालिका अध्यक्षकार्कीले २०७४ सालको स्थानिय तह निर्वाचनमा नेकपा एमाले नेता नरेन्द्र सिह बडाललाई ६ सय ८ मतले पराजित गर्दै जित हात पारेका थिए । जिल्लामै लोकप्रिय मानिने काँग्रेस नेता कार्की जिल्ला कार्यसमिति सचिव हुन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय