नरेन्द्र बिष्ट बैतडी । निर्वाचनमा सिमान्तकृत समुदाको सहभागिता र सञ्चारको भूमिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम बैतडीमा सम्पन्न भएको छ । जागरण मिडिया सेन्टर र वल्डभ्यु नेपालको आयोजना र पत्रकार महासंघ बैतडीको सहकार्यमा आज बैतडीको सदरमुकाम गोठलापानीमा औपचारिक कार्यक्रमका बिच सम्पन्न गरिएको हो । आसन्न स्थानीय निर्वाचनलाई लक्षित गर्दै सिमान्तकृत समुदाको सहभागिताको सवालमा छलफल भएको छ । नेपालका निर्वाचनहरुमा उल्लेख्य संख्याका मतदाताहरु मतदान प्रक्रियामा सहभागी नहुने भएकाले र एकातिर मतदानमा सहभागी भएका मतदाताहरुको बदर मत पनि निकै रहेकाले यि पक्षलाई हेर्दा अझै पनि चेतना कमी देखिन्छ । स्वतन्त्र निष्पक्ष निर्वाचन प्रक्रियाले गरिमा र महत्व बढाउछ, भने निर्वाचन प्रक्रियामा सीमान्तकृत समुदायले सीमान्तकृत समुदायप्रति जवाफदेही जनप्रतिनिधि छनोट मद्धत गर्ने निर्वाचनका बेला सहभागि हँुदा बर्ग र समुदायप्रति उत्तरदायि हुने लगायतका बिषयमा छलफल भएको छ ।

यस्तै विभेदका कारण पछाडी पारिएका वा पछि परेको लिंग, बर्ग र समुदायका नागरिकलाई राज्यको नीति निर्माण र शासन प्रक्रियामा समावेश गराउनका लागि निर्वाचनमा हुने समुदायको सहभागिताले वातावरण बन्ने भएकाले यसमा सबैले लाग्नुपर्ने देखिन्छ । शहरदेखि गाउसम्म आजका दिनमा सञ्चार माध्यमको पहुच बढीरहेकाले सञ्चार क्षेत्रको महत्व रहेको जागरण मिडिया नेपालका अध्यक्ष केदार शर्माले बताउनुभयो । यस्तै नेपाली समाजलाई स्थानीय सञ्चार माध्यमहरुले खेलेको भुमिका एकदमै महत्व रहेको भन्दै यसर्थ आफ्ना मिडिया प्लेटफर्महरु मार्फत सही सुचना दिनुपर्नेमा समेत उहाँले जोड दिनुभयो । कार्यक्रमको सहजीकण वल्डभ्यु नेपालका निर्देशक रमेश खड्का र जागरण मिडिया सेन्टरका अध्यक्ष केदार शर्माले गर्नुभएको थियो ।

कार्यक्रममा बैतडीका बिभिन्न मिडियाका पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय