दार्चुला । स्थानिय तह निर्वाचन २०७९ बैशाख ३० का लागी नेपाली काँग्रेस शैल्यशिखर नगरपालिकाले पुनः वर्तमान नगरप्रमुख र उपप्रमुखलाई सर्वसमत चयन गरेको छ । शैल्यशिखर नगरपालिका प्रमुखमा अमरसिंह धामी र उपप्रमुखमा राजमती पाललाई पुन नगरपालिकाको नेतृत्व गर्ने जिम्मे सुम्पिएको हो । २०७४ सालको स्थानीय तह निर्वाचनबाट निर्वाचित मेयर धामीलाई फेरी मेयरको उम्मेदवार र उपमेयरमा निर्वाचित पाललाई पुन उपमेयरकै उम्मेदवार बनाउने सहमति भएको नेपाली कांग्रेश शैल्यशिखर नगरसमितिले जनाएको छ ।

शैल्यशिखर नगरपालिकामा कांग्रेश र एमालेले उम्मेदवारको टुगों लगाइसकेका छन् । एमालेले वडादेखि पालिका प्रमुख सबै उम्मेदवारको सहमतिमै टुगों लगाएर प्रचारप्रसार सुरु भइसकेको जनाएको छ । शैल्यशिखर नगरपालिका वडा नम्बर ६ का स्थानीय समेत रहेका मेयर धामीसंग सोही ठाउँका विजयसिंह धामीले नेकपा एमालेबाट नगरप्रमुखमा प्रतिस्पर्धा गर्ने भएका छन् । अन्य दलबाट उम्मेदवार बनेपनि जनमतको आधारमा एउटै वडाका धामीद्धय बिच शैल्यशिखरको नगरप्रमुखका लागि मुख्य प्रतिस्पर्धा हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय