दार्चुला । नेपाली काँग्रेस दुहुँ गाउँपालिका वडा नम्वर १ पिपलचौरीले स्थानिय तह निर्वाचन २०७९ बैशाख ३० लाई लक्षित गर्दै घरदैलो एवम र्याली कार्यक्रम गरिरहेको छ । जस अन्तर्गत शनिवार खर्रा टोल वास्पाली टोल र सौतोली टोलमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।
घरदैलो कार्यक्रममा नेकपा एमाले पार्टी परित्याग गरि १ दर्जन बढी नेता कार्यकर्ता काँग्रेस पाटी प्रबेश भएका छन । प्रबेश गर्नेहरुमा वास्पाली टोलबाट धाना देबी महरा, मान सिह महरा, नारन्ती महरा, दिलेन्द्र महरा, भगरती महरा, चिमणे सिह महरा, नारा देबी महरा र लक्ष्मण सिह महरा रहेका छन् ।
त्यस्तै सौतोली टोलबाट धन बहादुर बम, लक्ष्मण बहादुर बम र खर्रा टोलबाट गोपाल बहादुर बम, हरीश बम रहेका छन । घरदैलो कार्यक्रम पश्चात कोणसभामा र्याली परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दै वडाअध्यक्षका उम्मेदवार एवम सुदुरपश्चिम प्रदेश प्रतिनिधी जिवन बमले नेपाली काँग्रेसको मतदान चिन्ह् रुखमा भोट गरि आफु नेतृत्वको टिमलाई बिजयी गराउनु अपिल गर्नु भएको छ ।
आफु निर्वाचित भए ५ बर्ष जनताको सेवामा रत्तिभर विचलीत नभई सधै निरन्तर काम गर्ने बताए । पिपलचौरीमा अन्य वडाको भन्दा फरक काम गरेर देखाउने भन्दै युवा नेता बमले आफु नेतृत्वलाई बिजयी गराउनु आग्रह गरे । पार्टी सभापति बिशन सिह बोहरा र वडा अध्यक्षका उम्मेदवार जिवन बमको नेतृत्वमा भएको घरदैलो कार्यक्रममा काँग्रेस नेताकार्यकर्ताहरुको बाक्लो उपस्तिथि रहेको थियो ।
यसै बिच नेकपा एमाले पिपलचौरी कमीटीले पनि शनिवार घरदैलो कार्यक्रम गरेको छ । वडा अध्यक्षका उम्मेदवार जंग बहादुर बमको नेतृत्वमा घरदैलो कार्यक्रम गरिएको नेकपाका स्थानिय नेता धनराज भट्टले जानकारी दिए । घरदैलो कार्यक्रममा नेपाली काँग्रेस पार्टी परित्याग गरि सन्तोस पार्की, लक्ष्मी लुहार, सतिस महरा र माओबादी केन्द्र परित्याग गरि मंगलराम पार्की र बिस्ना बम एमाले पार्टी प्रबेश गरेको नेता भट्टले सिद्धटोपी अनलाईन खवरलाई वताए ।
नेकपा एमाले दुहुँ १ पिपलचौरी वडा बाट वडा अध्यक्षमा जंग बहादुर बम, महिला दलित सदस्यमा गौमती लुहार, खुल्ला महिला सदस्य गोबिन्दी महरा सदस्यमा मोहन सिह ऐरी र कौशीला बमलाई पार्टीले टिकट दिएको छ ।
