दार्चुला : जिल्ला सदरमुकाम खलंगामा रहेको महाकाली नगरपालिकाको मेयरमा पुनः हंसराज भट्टलाई टिकट दिने नेपाली कांग्रेस दार्चुलाले निर्णय गरेको छ । मेयर पदका अन्य दाबेदारहरुले वर्तमान मेयर भट्टलाई समर्थन जनाए पछि कांग्रेसले यस पटक पनि जिल्ला कार्यसमिति कोषाध्यक्ष समेत रहनु भएका हंसराज भट्टलाई मेयरको टिकट दिने निर्णय गरेको हो । अन्य दाबेदारहरु संगको छलफल पछि आइतबार राती मेयर भट्टलाई टिकट दिने निर्णय भएको जिल्ला कार्य समिति सचिव एवं दुहुँ गाउँपालिकाका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो ।

नेपाली कांग्रेसबाट महाकाली नगरपालिकाको मेयर पदका लागी वर्तमान मेयर हंसराज भट्ट, नेपाली कांग्रेस उपसभापति महादेव बडू कस्यप, महाकाली नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष पुष्करराज जोशी, नेता जयदेव जोशी, गणेश दत्त बडू, गणेशराज भट्ट, गणेश सिंह धामी (बिबिसी), सुरेन्द्र बहादुर बम, सुरेन्द्र प्रसाद अवस्थी र प्रेमराम चुनाराले दाबी गरेका थिए । नौ जना दाबेदारले दाबी छोड्दै मेयर भट्टलाई समर्थन गरेका हुन् । यसैबिच उपमेयरको टुङ्गो भने लागी नसकेको नेपाली कांग्रेस दार्चुलाले जनाएको छ ।

उपमेयर पदका लागी पनि बढी आकांक्षी देखिए पछि उम्मेदवार छनौटमा केहि सकस भएको बुझिएको छ । महाकाली नगरपालिकामा उपमेयर पदका लागी वर्तमान उपमेयर सुना बोहरा, द्रोपती चैसिर, कमला धामी, जानकी बोहरा, र राजु अवस्थीको दाबेदारी रहेको छ । २०७४ सालमा भएको स्थानिय तहको निर्वाचनमा महाकाली नगरपालिकामा नेपाली कांग्रेसबाट हंस राज भट्ट ४०४३ मत प्राप्त गरी विजयी हुनु भएको थियो, भने उहाका निकतम प्रतिद्धन्दी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) एमालेका नर सिंह चैंसिर ३४७६ मत प्राप्त गर्नु भएको थियो । नेपाली कांग्रेसका मेयर हंसराज भट्टले एमालेका नरसिंह चैसिरलाई ५६७ मतले पछि पार्दै जित हासिल गर्नु भएको थियो । dfm

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय