दार्चुला भाद्र ०६ । सशस्त्र प्रहरी बल नेपाल र भारतिय सिमा सुरक्षा बल एसएसबीले हर्सोल्लासका साथ रक्षाबन्धन मनाएका छन् । जिल्ला सदरमुकाम खलंगा स्थित नेपाल–भारत जोड्ने झोलुंगे पुलमा सुरक्षार्थ खटिएका दुवै देशका सुरक्षाकर्मीले एक आपसमा सद्भाव बाढ्दै हर्सोल्लासका साथ रक्षाबन्धन मनाएको सुरक्षा स्रोतले जनाएको छ । रक्षाबन्धनको अवसरमा दुवै देशको आपसी सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यका साथ सुरक्षाकर्मीले हातमा राखी बाधेर दाइ विहिनीको सम्बन्ध समेत स्थापित गरेको स्रोतले बताएको छ ।
एसएसबीका महिला सुरक्षाकर्मीले सशस्त्र प्रहरी बलका पुरुष सुरक्षाकर्मीको हातमा राखी बाधेर दाई बहिनीको सम्बन्ध स्थापित गरेका छन्, भने सशस्त्र प्रहरी बल नेपालका महिला सुरक्षाकर्मीले एसएसबीका पुरुष सुरक्षाकर्मीको हातमा राखी बाधेर दाई बहिनी पवित्र सम्बन्ध स्थापित गरेको सुरक्षा स्रोतले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाबाट पुलघाटमा सुरक्षार्थ खटिएको टोलीका राम सिंह डोबाल, एमएस विष्ट, रेनु चन्द र भारतिय सिमा सुरक्षा बल एसएसबीका कम्पनी कमाण्डर जियालाल, तरिपन दास, मोहन थापा, इन्द्रदेव, नविन गिरी वीर सिंह, नेहा शिवानी, पुर्णिमा श्रेयाराजले एक आपसमा राखी बाधेर रक्षाबन्धन मनाएका हुन् । सशस्त्र प्रहरी र एसएसबीले रक्षाबन्धन हातमा बाधेर दाजु बहिनीको पवित्र सम्बन्ध स्थापित गरेको सुरक्षा स्रोतको दावी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय