
नवराज जोशी दार्चुला भदौ १८ । यस शैक्षिक सत्रदेखी कक्षा ६ को नेपाली पाठ्यक्रममा समावेश भएको यो भुमी पर्यटकीय नगरी मात्रै नभई हाम्रो देव भुमीे आस्थाको केन्द्र पनि हो । १६ सय देवी (अैडीआचरी) नाच्ने क्रिडा स्थल हो । तिर्थाटनको पवित्र गन्तब्य हो ।
चादिका दन्त लहरझै लस्कर लागेका हिमचुचुराको छत्रछाँयामा रहेको सुन्द्रर देवभुमि नेपालमा रहेका औलामा गन्न सकिने मध्येको एक भुगोल हो । देशकै सर्वाच्च भुमिमा व्रह्माजीको उत्पति भएको जननी स्थान हो । देवगण र राक्षसगणवीच पासा खेलीने आदिमकालिन कुरु क्षेत्र हो । धर्म र धर्मात्माहरुका लागी नेपालको पहिचान र शानलाई विश्व सामु उद्घोष गर्ने तथा नेपालको गरिमा उचो वनाउने धर्मधाम हो ।
यो चुली भगवान शिवका १२ ज्योतीर्लिङ्ग मध्ये नागेश्वर धामलाई आफ्नो काखमा राखेको व्रह्माजीको जननी धाम हो । कैलाशपतिजीको विचरण गर्ने स्थान हो । शुद्ध मन र वचनले यो धर्मधाममा तिर्थाटन गर्नाले मनकामना शिद्ध हुने जनविश्वास रहेको छ । पाठ्यक्रममा समावेश गरिएको यो भूमी ताप्लेजुङको ओलाङचुङगोला देखी सप्तरीको कोईलाठी सम्म र कञ्चनपुरको दोधारा चादनी देखी धाधिङको गंगाजमुना सम्मका मान्छेहरुको लागि एक चोटी पुग्नै पर्ने पवित्र धर्मपुर हो ।