काठमाण्डौँ । भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ ।
पौडेलको उपचारमा संलग्न डाक्टरहरूले आज ९बिहीवार० उहाँको अवस्था सुधार हुँदै गएको जानकारी दिनुभएको नयाँ दिल्लीमा रहेको नेपाली दूतावासले जनाएको छ । नयाँ दिल्लीमा रहेको अखिल भारतीय आयुर्विज्ञान संस्थान ९एम्स० मा राष्ट्रपति पौडेलको उपचार भइरहेको छ । उहाँ उपचारका लागि हिजो बुधवार नयाँ दिल्ली जानुभएको हो ।
नेपालमा उपचार गराउँदा उल्लेख्य सुधार नभएको भन्दै परिवारका सदस्य र डाक्टरले थप उपचारका लागि भारत लैजान सुझाव दिएसँगै पौडेललाई भारत लगिएको हो ।
राष्ट्रपति पौडेलसँग निजी चिकित्सक डा। निरज बम, परिवारका सदस्य र सात जना डाक्टरको टोली छ ।
