काठमाण्डाै – त्रिभुवन विश्वविद्यालय परीक्षाव नियन्त्रण कार्यालयले पर्सि १० गते हुने परीक्षा सारेको छ ।
वैशाख १० गते तीन ठाउँमा सङ्घीय संसद्को उपचुनाव हुने भएकाले १० गतेको परीक्षा वैशाख १६ गतेलाई सारिएको कार्यालयले जनाएको छ ।
अहिले स्नातक तह प्रथम वर्षको वार्षिक परीक्षा सञ्चालन भइरहेको छ । पर्सि १० गते चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा उपचुनाव हुँदैछ । उज्यालो
