दार्चुला । जिल्लाको भ्रमणमा रहनु भएका सुदुरपश्चिम प्रदेस सरकारका मुख्य मन्त्री कमल बहादुर शाहले महाकाली नदि नियन्त्रण आयोजनाले निर्माण गरिरहेको तटवन्धको निरिक्षण गर्नु भएको छ ।
आईतवार विहान मुख्य मन्त्री शाहले आयोजनाको स्थलगत भ्रमण गर्नु भएको छ । त्यस्तै लास्कु खोलामा गत बर्षको भाद्र २४ गते रातिको अविरल बर्षा सँगै आएको विनासकारी बाढी र पहिरोले वंगावर क्षेत्र र लास्कु क्षेत्रको क्षतिको अवस्था वारे पनि स्थलगत रुपमा अवलोकन गर्नु भएको छ ।
भ्रमण पश्चात संचारकर्मीहरु सँग कुराकानी गर्दै मुख्यमन्त्री शाहले प्राविधिक रुपमा अध्ययन गरी नदि नियन्त्रणको दिगो ब्यवस्थापनमा प्रदेस सरकारले जोड दिने वताए । ठेक्का भएको लामो समय सम्म ठेकेदार कम्पनि साईडमा नआएको गुनासो आएकाले तत्काल ठेकेदार कम्पनिलाई सम्पर्कमा ल्याउने र आवश्यक निर्देश गर्ने वताए ।
प्रदेस सरकारको दिगो रुपमा पलान वनाएर अगाडी वढ्ने योजना रहेको वताउँदै बर्षातको समय पुर्वनै केहि ब्यवस्थापन हुने विश्वास दिलाउनु भयो । मुख्यमन्त्री शाह सँग प्रदेस सदस्य द्धय विक्रम सिह धामी, लक्ष्मी विक र योजना आयोगका उपाध्यक्षको सहभागीता रहेको थियो । मुख्यमन्त्री शाहको टोली आजै प्रदेस राजधानीका लागी जिल्लाबाट प्रस्थान भएको छ ।
बिज्ञापन

